Logo

चुडामणिको बन्दी प्रत्यक्षिकरण रिटमा पुर्ण इजलासले मगायो विशेष अदालतबाट मुद्दाको मिसिल

चुडामणिको बन्दी प्रत्यक्षिकरण रिटमा पुर्ण इजलासले मगायो विशेष अदालतबाट मुद्दाको मिसिल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध मुद्दाको मिसिल झिकाउने आदेश सर्वोच्च अदालतले दिएको छ । सर्बोच्चले उनिबिरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो ।

आइतबार शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पूर्ण इजलासमा सुनुवाई भएको थियो । पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाले मिसिल झिकाउन आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो ।

शर्माकी पत्नीले आयोगले गरेको निर्णयमा प्रश्न उठाउन नपाउने भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL