Logo

चूडामणिविरुद्ध मुद्दा यथास्थितीमा राख्न विशेषलाई सर्वोच्चको आदेश

चूडामणिविरुद्ध मुद्दा यथास्थितीमा राख्न विशेषलाई सर्वोच्चको आदेश


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सर्बोच्च अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दालाई यथास्थितीमा राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्ने क्रममा सर्वोच्चले विशेष अदालतलाई यस्तो आदेश दिएको हो ।

अख्तियारले भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि आदेश गरेको छ।

शर्मा पत्नीले आफ्ना पतिलाई अख्तियारले गैरकानुनी थुनामा राखेको जिकिर गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट दायर
गरेकी थिइन् ।

सो रिटमाथि चार दिन बहस सुनेपछि सर्वोच्चले यस्तो आदेश गरेको हो। उनले आफ्ना पतिलाई थुनामुक्त गर्न र भ्रष्टाचार मुद्दा नचलाउने आदेश दिन पनि माग गरेकी थिइन्।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL