Logo

होटल थप्दै सोल्टी क्राउनका मालिक प्रभाकर राणा, सिप्राभ्य होटलको रु. ५ अर्ब ४१ करोड स्वीकृत

होटल थप्दै सोल्टी क्राउनका मालिक प्रभाकर राणा, सिप्राभ्य होटलको रु. ५ अर्ब ४१ करोड स्वीकृत


रक्षा रेग्मी
0
Shares

काठमाडौं । पाँचतारे होटल सोल्टि क्राउन प्लाजाका सञ्चालक प्रभाकर समशेर राणाको लगानीमा अर्को होटल सञ्चालनमा आउने भएको छ । सिप्राभ्य होटल्स एण्ड रिसोर्टस् प्राली नाममा राणाले काठमाडौंको कालिमाटिमा अर्को होटल सञ्चालनमा ल्याउन लागेका हुन् । होटल सञ्चालनका लागि उक्त नाममा उद्योग विभागमा उद्योग दर्ताको प्रस्ताव पेश भएको हो ।

विभागको अनुमती तथा दर्ता शाखाका निर्देशकहरुको गत शुक्रबार बसेको बैठकले होटल दर्ताको अनुमती स्वीकृत गरेको हो । सिप्राभ्य होटल्स एण्ड रिसोर्टस् प्रालीले ५ अर्ब ४१ करोड ७० लाखरुपैयाँ लगानीमा होटल सञ्चालन गर्न लागेको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुँईटेलले जानकारी दिए । जसमध्ये स्थिर पूँजी ५ अर्ब २१ करोड रुपैयाँर चालु पूँजी २० करोड रुपैयाँरहेको छ ।

आगामी पाँच बर्षभित्र होटल सञ्चालनको लक्ष्यसहित प्रक्रिया शुरु गरेको कम्पनीका कानुन अधिकृत सुवास विश्वकर्माले बताए । कालिमाटीमा करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमाहोटल सञ्चालनगर्न लागेको हो । जसमध्ये १ लाख ५० हजार स्क्वायर फिटमा होटलका भवनहरु हुने छन् । होटलमा १६० बेड र १२५ ओटा रेष्टुराँ रहने छन् । होटल सञ्चालनमा आएसँगै २५० जनाले रोजगारी पाउने छन् ।

होटल सञ्चालनका लागि संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रारम्भिक वातावरणीय मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत गर्नुपर्ने हुन्छ ।

त्यस्तै महानगरपालिकाको मापदण्ड अनुसार स्वीकृतिलिएर मात्र निर्माणको काम अघि बढाउन पाइने विश्वकर्माले जानकारी दिए । ‘प्रक्रिया पुरा गर्न करिब १ बर्ष लाग्छ ’ उनले भने ‘ त्यसपछि बल्लडिजाइन तथानिर्माणको काम अघि बढाउने छौं ।’

त्यस्तै उद्योग सञ्चालनपूर्व विभागबाट उद्योगको निरिक्षण गराउनुपर्ने प्रावधान छ । उद्योगले पूँजी वृद्धि, क्षमता विस्तार वा नाम सारी गर्न चाहेको अवस्थामा उद्योग विभागको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने हुन्छ ।

होटलमा लज रेष्टुराँबारलगायत सेवा उपलब्ध हुने छ । त्यसैगरी साथै सभा, सम्मेलन तथा सेमिनारहरु पनि होटलमा आयोजना गर्न सकिने सुविधा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL