काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्ना लागि आवश्यक विमान परिचारिका(एयर होस्टेज) र विमान परिचारक(स्टेवार्ड)को लागि आवेदन माग गरेको छ । निगमले पाँचौ. तहमा करार सेवा अन्तर्गत बीस जना एयर होस्टेज र दश जना स्टेवार्डको माग गरेको हो । निगमका अनुसार ईच्छुक आवेदकले आगामी साउन १२ गतेसम्म फारम भर्न सक्नेछन् ।
निगमले छनोटमा परेका उम्मेदवारहरुलाई तालिममा सफल भई नागरिक उड्ययन प्राधिकरणबाट इजाजत प्राप्त गर्नेहरुलाई सुरुमा पाँच बर्षको करारमा आबद्ध गराइने जनाएको छ ।