Logo

आयो ब्याट्रि बिनाको मोबाइल, जसलाई कहिलै चार्ज गर्नु पर्दैन

आयो ब्याट्रि बिनाको मोबाइल, जसलाई कहिलै चार्ज गर्नु पर्दैन


बिजखबर संवाददाता
0
Shares

यो मोबाइल वाईफाइ जस्तै वायरलेस बेस स्टेसनबाट रेडियो वेभ शक्ति ग्रहण गर्छ र फोटो डियोडबाट प्रकाशलाई रुपान्तरण गर्छ । यसले निकै कम मात्र विद्युतीय शक्तिको प्रयोग गरेर काम गर्न सक्छ । यसले गर्दा फोनमा ब्याट्रिको आवश्यकता पनि पर्दैन र चार्ज पनि गर्नुपर्दैन । अनुसन्धानकर्ताहरुले यस्तो मोबाइलबाट फोन र स्काइपबाट कुराकानी गरेर पनि देखाएका छन् । व्यावसायिक उद्देश्यले निर्माण गरिएको मोबाइलबाट यस्तो प्रमाणित गरिएको हो ।

यस्तो समयमा फोन बेस स्टेसनबाट ३० फिट माथि राखिएको थियो र यसलाई भोइस कलमा मात्र सिमित गरिएको थियो ।

यस्तो फोनमा डिस्प्लेको भने आश नगर्नुस । यसमा कुनै एप्स पनि हुँदैन र भिडियो कल पनि गर्न सकिदैन । हरेक दिन स्मार्टफोन चार्ज गरिरहनुपर्ने बाध्यता भएको र विद्युत नै नपुगेका तेस्रो विश्वका राष्ट्रक लागि भने यस्तो मोबाइले धेरै सामाजिक प्रभाव पार्नेछ । ‘हामीले विकास गरेको मोबाइलबाट निकै उत्साहित छौं र आशा छ यसले भविष्यमा अन्य डिभाइसमा समेत प्रभाव पार्न सक्नेछ’ अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक जोसुआ स्मिथले भनेका छन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्