Logo

सेयर कारोबारको राफसाफ ‘टी प्सल टु’मा, समयमै राफसाफ नगरे कारबाही

सेयर कारोबारको राफसाफ ‘टी प्सल टु’मा, समयमै राफसाफ नगरे कारबाही


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले सेयर कारोबारको राफसाफ ‘टी प्लस टु’ अर्थात २ कार्यदिन भित्र गर्ने भएको छ । नेप्सेको कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली मल्टीपल क्लियरिङ बैंकमा गएसँगै टी प्लस टु लागू गरिएको सिडिएससीले जानकारी दिएको छ । यस अघि टी प्लस थ्री अर्थात सेयर कारोबार भएको ३ कार्यदिन भित्र राफसाफ हुँदै आएको थियो ।

राफसाफ बैंक तथा नेटिङ्ग प्रणाली मार्फत गरिने अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यविधि अन्तरगत सेयर खरिदबिक्री गरेको दुई दिनभित्र राफसाफ गरिसक्नुपर्ने हुन्छ । सो व्यवस्था यही असार २१ गतेदेखि नै लागू हुने र तोकिएको समयावधी भित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुनेछन् ।

साथै राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुले समेत लगानीकर्ताहरुलाई मर्का नपर्ने गरी सोही कार्यविधिमा तोकिए बमोजिम आफ्ना दायित्व पूरा गर्न सिडिएससीले अनुरोध गरेको छ । राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुको लापरवाहीले गर्दा लगानीकर्ताहरुलाई क्षति हुन गएमा सम्बन्धित पक्ष नै सो को जिम्मेवार हुनेछ । साथै सो प्रणालीलाई कार्यान्वयमा ल्याउन सहयोग गर्न सिडिएससीले सबै पक्षलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्