Logo

आइतबारदेखि मल्टिपल क्लियरिङ बैंकबाट राफसाफ, लिड बैंकमा नेपाल इन्भेष्टमेन्ट

आइतबारदेखि मल्टिपल क्लियरिङ बैंकबाट राफसाफ, लिड बैंकमा नेपाल इन्भेष्टमेन्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले कारोबारको राफसाफ तथा फछ्र्यौट मल्टीपल क्लियरिङ बैंक मार्फत गर्ने भएको छ । कम्पनीले आइतबारदेखि भएका कारोबारको राफसाफ नेट सेटलमेन्ट प्रणाली मार्फत गर्न लागिएको हो ।

यो प्रणाली नेपालको पूँजीबजारको लागिकोसेढुङ्गा सावित हुने विश्वास कम्पनीको छ ।

हाल धितोपत्र कारोबारको रकमको राफसाफ ग्लोबल आइएमई बैंक मार्फत् मात्र गर्दै आइरहेकोमा थप तीन वटा बैंकलाई राफसाफ बैंकको रुपमा नियुक्त गरेको छ । साथै उक्त राफसाफ बैंकमध्ये नेपाल ईन्भेष्टमेन्ट बैंकलाई लिड बैंकको रुपमा छनौट गरेको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ (दोस्रो संशोधन, २०७४ सहित) अनुसार निष्काशन तथा बिक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँच बुझ तथा हितग्राही खाता रुजु गर्न नयाँ सफ्टवेयर तयार गरेको छ ।
सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुलाई एकै स्थानबाट केन्द्रीकृत रुपमा निष्काशन सम्बन्धी आवश्यक सेवा प्रदान गर्न यस लिमिटेलडे सि आस्बा नामक सफ्टवेयर तयार गरेको छ ।

हिमालयन पावर पार्टनर लिको सार्वजनिक प्राथमिक निष्काशनमा केही बैंक तथावित्तीय संस्थाहरुबाट सफलापूर्वक परीक्षण गरिएको छ । आगामी सार्वजनिक निष्काशनहरुमा समेत सो सफ्टवेयरबाट रुजु गर्ने तथा केन्द्रीकृत रुपमा निष्काशन सम्बन्धी आवश्यक सेवाप्रदान गर्ने गरी लागू गरिने छ ।

साथै सिडिएससिले हितग्राहीहरुको सुविधाका लागि मेरो सेयर नामक सफ्टवेयर मार्फत् अनलाइन सेवाप्रदान गर्दै आएको छ । उक्तअनलाइन सेवाप्रयोग गर्ने हितग्राहीहरुको संख्या ३७ हजार पुगेको छ ।

भूकम्पपश्चात् सिडिएस एण्ड क्लियरिङ पुतलीसडक स्थित शेयर मार्केटस् कर्मसियल कम्पलेक्समा अस्थायी रुपमा स्थान्तरण भएको थियो ।
सो कार्यलयका शुक्रबार आज यस कार्यालयको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL