काठमाडौं । फोर्ड १.०ली इकोबुस्ट इन्जिन अन्तराष्ट्रिय इन्जिन अफ द एयर २०१७ मा १.०ली भन्दा तलको विधामा उत्कृष्ट घोषित भएको छ ।
लगातार ६ वर्षसम्म विजयी घोषित यस १.० ली इकोबुस्टको शक्तिशाली ३ सिलिण्डर इन्जिन सन् २०१२ देखि नै यस विधामा अब्बल रहेको छ ।
यस इन्जिनको किफायती, इन्धन खपत, क्षमता, शक्तिशाली प्रदर्शन र टेक्नोलोजीको बारेमा निर्णायक मण्डलले गुणगानको साथ विजयी घोषणा गरेको थियो । १.० ली इको बुस्टको लागि यो १० औ अन्तराष्ट्रिय पुरस्कार हो ।
जो बाकाज, भाइस प्रेसिडेन्ट, प्रडक्ट डेभलपमेन्ट, फोर्ड–युरोपका अनुसार यस १.० ली इकोबुस्ट इन्जिनको सानो, इन्धन किफायती इन्जिनमा एक नौलो आयाम ल्याएको जनाएको छ ।
यसको प्रविधि देखि इको बुष्ट टुर्बो चार्जिङ, डाइरेक्ट फुल इन्जेक्सन, ट्वीन इनडिपेन्डेन्ट भेरिएवल क्याम सफ्ट टाइमिङ टेक्नोलोजीले इन्जिन प्रविधिमा एक नयाँ युगको शुरु भएको बताएका छन् ।
१० उत्कृष्ट पुरस्कारबाट सम्मानित पश्चात ग्राहकलाई अझ उच्चतम प्रविधिको सुविधा तथा फाइदा प्रदान गर्नु इन्जिन इन्जिनियरिङमा नयाँ नयाँ प्रविधिहरुको विकासमा लागि परेको उनको भनाई छ ।
३१ विभिन्न देशबाट आएको ५८ अटो सम्बन्धि विज्ञ पत्रकारहरुको निर्णायक मण्डलले यस १.० ली इको बुष्ट इन्जिनलाई विजयी घोषित गरेको हो ।
सन् २०१२ को फोर्ड फोकसमा सर्वप्रथम प्रयोग भएको यस इन्जिन टेक्नोलोजीले यस विधामा आफ्नो दबदबा कायम राख्न सफल रहेको छ । यस १.० ली को विधामा यसपाली ३५ वटा इन्जिन प्रतिस्पर्धामा रहेको थियो ।
सन् २०१८ देखि फोर्डले १.०ली इको बुस्ट इन्जिनमा सिलिण्डर डिएक्टिभेसन प्रविधिको प्रयोग गर्ने छ । जसको कारण इन्जिन पूर्णरुपको क्षमता प्रयोग नचाहिने बेला यसले आफ्नो सिलिण्डर अटोमेटिक बन्द गरी इन्धन बचाउन मदत गर्ने छ ।