Logo

काठमाडौं महानगरका जेष्ठ नागरिकलाई बिहीबारदेखि घरमा गएर स्वास्थ्य परिक्षण

काठमाडौं महानगरका जेष्ठ नागरिकलाई बिहीबारदेखि घरमा गएर स्वास्थ्य परिक्षण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौ महानगरपालिकाले बिहीबारदेखि जेष्ठ नागरिकलाई घरघरमा गएर स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुलाई जीवनप्रति सकारात्मक एवं रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सहित घरघरमा गएर स्वास्थ्य परिक्षण गर्न लागेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

जसअनुसार काठमाडौं महानगरपालिकाले जेठ १५ गतेबाट महानगरको डा नं. १ नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण तथा नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गर्न लागेको महानगरपालिकाले जानकारी दिएको छ ।८८ बर्ष उमेर पूरा भएका महानगरका ५ सय ९६ व्यक्तिको घरमा महानगर पुग्दैछ ।

यसरी घरमा जाने टोलीमा डक्टर १ जना, स्टाफ नर्स, एएनएम (अनमि) र एएचडव्लु (अहेव) १/१ जना हुने महानगरपालिकाले जानकारी दिएको छ । यस अभियानको शुभारम्भ बिहीबार विहान साढे ७ बजे नक्सालस्थित नन्दी रात्री माविबाट हुने छ ।

प्रतिक्रिया दिनुहोस्