Logo

पाँच बजेसम्म ७१ प्रतिशत मत खस्यो

पाँच बजेसम्म ७१ प्रतिशत मत खस्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार भएको दोश्रो चरणको स्थानीय निर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ । दिउँसो ५ बजेसम्म ७१ प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले जानकारी दिए । ‘आयोगमा प्राप्त भएको सूचना अनुसार ७१ प्रतिशत भन्दा बढी मतदान भएको छ ’ उनले भने ‘सबै ठाउँको रिपोर्ट नआइसकेकोले अझै बढी नै झरेको अनुमान छ ।’

बझाङको एक स्थनमा बाहेक अन्यस्थानमा मतदान सम्पन्न भएको न्यौपानेले जानकारी दिए । आज भएको १, ५ र ७ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचनमा ६२ हजार ४ सय ८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसबाट १५ हजार ३८ जना उम्मेदवार निर्वाचित हुनेछन् भने ४१ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् ।

तीन वटा प्रदेशबाट कुल ६४ लाख ३२ हजार मतदाताले मतदान गरेका छन् । उनीहरुका लागि ४ हजार ५ सय ८१ मतदान स्थल र ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका छन् ।

आयोगका अनुसार दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको छ भने ४८ संस्थाका ६ हजार ७ सय ३३ जना पर्यवेक्षक परिचालन समेत परिचालन गरिएको छ ।

निर्वाचनबाट १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकाले जनप्रतिनिधि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL