काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका चार जनालाई जेल चलान गरिएको छ। नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको हो ।
पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।
उनीहरुलाई अदालतको अदेश अनुसार जेल चलान गरिएको हो । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।
सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।
सर्बोच्चले पूर्वप्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो ।
त्यस्तै पूर्वप्रहरी प्रमुखहरू रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरीवाना गर्नुपर्ने ठहर गरेको थियो ।