Logo

काठमाडौं महानगरका वृद्धवृद्धालाई बार्षिक १२ हजार !

काठमाडौं महानगरका वृद्धवृद्धालाई बार्षिक १२ हजार !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका बृद्ध नागरिकलाई बार्षिक १२ हजार रुपैयाँ भत्ता दिने भएको छ । ८८ वर्ष उमेर पुगेका बरिष्ठ जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप १२ हजार भत्ता दिन लागेको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । साथै सो भत्ता रकम तत्काल वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने उनले बताए ।

मंगलबार महानगरपालिकाको दोश्रो बैठकले यस्तो निणर्य गरेको हो । महानगरले हाल जेष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक  १० हजार रुपैयाँमहानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएको थियो ।

त्यस्तै महानगरपालिकाले चालु आर्थिक भित्रै कार्यक्रम सञ्चालन गर्ने गरी खर्च गर्ने प्रत्येक वडाका लागि समान रुपमा सडक तथा फुटपाथ उप–शीर्षकमा रु. १० लाख, ढुंगा ईंटा छाप्ने उपशीर्षकमा ७ लाख निकासा दिने निणर्य गरेको छ । त्यस्तै ढल मर्मत सम्भार उप–शीर्षकमा  ३ लाख रुपैयाँ , सडक सरसफाई (क्लिन द सिटी अभियान कार्यक्रम) उपशीर्षकमा २ लाख रुपैयाँ र अतिथि सत्कार (जलपान) उप–शीर्षक २५ हजार रुपैयाँ  गरी जम्मा  २२ लाख २५ हजार रुपैयाँ निकासा दिने निर्णय गरेको मेयर शाक्यले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनबाट निर्बाचित काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुको पदवहाली भइसकेको सन्दर्भमा जनभावना र जनप्रतिनिधिहरुले मतादाता समक्ष गरेको प्रतिवद्धता बमोजिम महानगरको विकास, निर्माण र शहरी सेवा प्रवाह सम्बन्धी कार्यहरु द्रुत गतिमा अगाडि वढाउने उद्देश्यसहित सो बराबरको रकम निकासा गर्न लागेको हो ।

त्यस्तै संविधानमा उल्लेखित २२ एकल अधिकार र १५ वटा साझा अधिकारको प्रयोग गर्न र महानगर स्तरीय गुणात्मक र प्रतिस्पर्धी शहरी सेवा प्रवाह गर्न काठमाडांै महानगरपालिकाको हालको प्रशासनिक सांगठानिक संरचनाको पुर्नसंरचना गर्न आवश्यक देखिएको उनले बताए ।

सोलाई मध्यनजर गर्दै ख्यातिप्राप्त प्रशासनविद्को विज्ञ सेवा समेत लिई २ महिना भित्र महानगरपालिकाको संगठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरण सहितको संगठन र विकास प्रतिवेदन तयार गरी पेश गर्न काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यलयलाई निर्देशन दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL