काठमाडौं । नेपाल वायुसेवा निगमले एक बर्षभित्र दुईओटा वाइडबडी एयरबस खरिदका लागि शुक्रबार दिउसो ८ अर्ब रुपैयाँ पठाएको छ । निगमले एयरबस उपलब्ध गराउने अमेरिकी कम्पनी एएआर कर्पोरेशनलाई पहिलो किस्ता बापत उक्त रकम पठाएको हो । निगमका अनुसार बाँकी रकम भने एयरबस आउनु एक महिनाअघि मात्रै पठाइनेछ ।
जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आवश्यक २४ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने सम्झौता भएपछि निगमले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको हो । निगमले आगामी एक बर्षभित्र दुई ओटा एयरबस खरिद गर्ने योजना बनाएको छ ।