Logo

महानगर प्रमुखको वडा अध्यक्षहरुलाई आग्रह, ‘चुनावमा नागरिकसँग गरेको प्रतिबद्धता पुरा गरौ’

महानगर प्रमुखको वडा अध्यक्षहरुलाई आग्रह, ‘चुनावमा नागरिकसँग गरेको प्रतिबद्धता पुरा गरौ’


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा नागरिकसँग गरिएका प्रतिवद्धता पुरा गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् । उनले योजना छनौट तथा कार्यान्वयन गर्दा वहुसंख्यक नागरिकले लाभ पाउने कामलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
महानगरको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलको नेतृत्वमा योजना स्वीकृतका लागि प्रमुख शाक्य भेटमा उनले यस्तो बताएका हुन् ।

सबै वडामा कामको थालनी गर्न रकम पठाउन लागेको समेत जानकारी दिए । ‘असार अगाडी हुन सक्ने काम र आगामी बर्षमा थालनी गरिने योजना छुट्याएर नागरिकले तत्काल महसुस हुने काम थाल्न जरुरी छ’ उनले भने ।

योजना स्वीकृत गराउन वडा सदस्य र स्थानीय विकास अगुवाकासाथ मंगलबार महानगर पुगेका डंगोलले १० वुँदामा आफ्ना प्रारम्भिक कार्यक्रम सुनाउँदै काम थालनी गर्न २० लाख रुपैयाँ पठाइदिन आग्रह गरे ।
सो अवसरमा उनले वडाका हरेक नागरिकलाई प्रतिनिधिजत्तिकै जिम्मेबार बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

वडा नंं १५ ले छिटै क्लिन द सिटी अभियानबाट काम शुरु गर्ने जानकारी दिएको छ ।साथै सार्वजनिक सम्पत्तिको संरक्षण, जग्गा विकास कार्यक्रको समापन, खुल्ला जग्गाको संरक्षण, जेष्ठ नागरिककालागि दिवा केन्द्र सञ्चालन सम्मका योजना छन् ।

प्रतिक्रिया दिनुहोस्