Logo

कहिले पुग्छ ५०५ स्थानीय निकायमा बाणिज्य बैंक ?

कहिले पुग्छ ५०५ स्थानीय निकायमा बाणिज्य बैंक ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/७५ बजेटमार्फत हरेक स्थानीय तहमा बाणिज्य बैंक पुर्याउने नीति लिए पनि तत्कालका लागि सम्भब देखिएको छैन । कुल ७ सय ४४ स्थानीय तहमध्ये हालसम्म २ सय ३९ वटामा मात्र बाणिज्य बैंक पुगेको छ । सरकारको नीति अनुसार अबका दिनमा ५ सय ५ वटा स्थानीय तहमा बाणिज्य बैंक बिस्तार गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले केही समय अघि बाणिज्य बैंकका प्रमुखहरुलाई बोलाएर हरेक स्थानीय तहमा बाणिज्य बैंक बिस्तार गर्ने सम्बन्धमा छलफल गरेको थियो भने त्यसको केही समय पछि सर्कुलर नै जानकारी गरेको थियो । राष्ट्र बैंकको सर्कुलर अनुसार हरेक वाणिज्य बैंकलाई स्थानीय तहमा जान प्रेरित गर्ने र नगएको अवस्थामा स्थान नै तोकेर शाखा खोल्न निर्देशन दिने उल्लेख छ ।

तत्कालिन अवस्थामा नसकिए पनि दिर्घकालिन रुपमा हरेक स्थानीय तहमा बाणिज्य बैंकको शाखा बिस्तार गर्न सकिने नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । ‘अहिलेकै अबस्थामा हेर्ने हो भने एउटा बैंकको भागमा २० देखि २२ वटा शाखा पर्न आउँछ,’ उनले भने, ‘बैंकको नाफाभन्दा पनि सरकारको नीतिलाई सहयोग गर्न शाखा खोल्नु पर्छ ।’

अहिलेको अवस्थामा बाणिज्य बैंकहरु जिल्ला सदरमुकाममा मात्र केन्द्रित रहेका छन् भने कतिपय बिकट जिल्लामा निजी क्षेत्रबाट संचालित बाणिज्य बैंकहरु पुगेका छैनन् । धेरै जसो स्थानमा नेपाल बैंक, कृषि बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंक मात्र पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL