Logo

इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्दै एनसेल

इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्दै एनसेल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने भएको छ । ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पु¥याउने बताएको हो ।
उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्नेछ । एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङको झोङ, ललितपुरको माल्टा र सोलुखुम्बुको तिंगला जस्ता १ हजार भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने छ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् ।

यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पार्ने कम्पनीको अपेक्षा छ ।

‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ,’एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । साथै यी लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेको उनले जानकारी दिए ।

संयुक्त रुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि पूर्णरुपमा समर्पित रहेको समेत उनले बताए ।
विश्व बैंकको अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तरराष्ट्रिय अध्ययनले देखाएका छन् ।

आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ ।जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् ।

साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य कम्पनीको छ । हाल कम्पनीले हाल देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL