Logo

देउवालाई सेयर बजारको स्वागत, साढे ३४ अंकले बढ्दा ९१ करोड १६ लाखको कारोबार

देउवालाई सेयर बजारको स्वागत, साढे ३४ अंकले बढ्दा ९१ करोड १६ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने भएसँगै सेयर बजार उकालो लागेको छ । नेप्से परिसुचक ३४ दशमलब ७२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३७ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ७२ दशमलव ५७ अंकले बढेको छ । त्यस्तै होटल समुह ६२ दशमलब ३८ र सेयर बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक ३५ दशलब ८२ अंकले उकालो लागेको छ ।

त्यसैगरी जलविद्युत ३५ दशमलब ६८, विकास बैंक ३५ दशमलव ३८, अन्य १५ दशमलब ६२ र फाइनान्स समुहको परिसुचक ७ दशमलब ३१ अंकले बढेको छ ।यता उत्पादन समुह भने १४ अंकले ओरालो लागेको छ ।

मंगलबार सिभिल बैंक लिमिटेडको सबैभन्दा बढी ७ करोड २५ लाख बराबरको कारोबार भएको छ । त्यस्तै स्ट्याण्र्ड चार्टड बैंकको ६ करोड ८२ लाखको कारोबार भएको हो ।

मंगलबार १ सय ४८ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १४ लाख ९६ हजार कित्ता सेयरबाट ९१ करोड १६ लाख रुपैयाँ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्