Logo

बैंक संचालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, कति बाहिरिँदै छन् !

बैंक संचालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, कति बाहिरिँदै छन् !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ५ देखि ७ जना संचालक रहनेगरी कम्पनीको प्रबन्ध पत्र तथा नियमावली परिमार्जन गर्न दिर्नेशन दिएको छ ।

बैंक वित्तीय संस्थाका साधारणसभा वा विशेष साधारणसभा बोलाएर यथाशीघ्र प्रबन्ध पत्र तथा नियमावलीमा भएको संचालकको मौजुदा ब्यवस्था संशोधन गर्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘यो निर्देशनसँगै साधारणसभा नगरेका बैंक वित्तीय संस्थाले साधारणसभाबाट परिमार्जन गर्नुपर्ने छ भने गरिसकेकाले विशेष साधारणसभा बोलाएर भएपनि तत्काल गर्नुपर्नेछ,’ उनले भने, ‘यो ऐनमा भएको ब्यवस्था हो यसलाई तत्काल कार्यान्वयनमा ल्याउन हामीले निर्देशन जारी गरेका हौं ।’

हाल बैंक तथा वित्तीय संस्थामा संस्थापक र साधारणतर्फबाट गरी ७ देखि ९ जना संचालक रहने व्यवस्था छ । जसमध्ये धेरैजसो बैंकले ९ जना संचालक सदस्य राखेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार १ सय १५ बैंक वित्तीय संस्था संचालनमा रहेका छन् ।

उनीहरुबाट कम्तीमा २/२ जनाका दरले संचालक हट्दा पनि हाल पदमा रहेका २ सय ३० जान बाहिरिनु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया)मा भएको ब्यवस्था अनुरुप अबका दिनमा न्युनतम ५ देखि अधिकतम ७ जनासम्म संचालक राख्न पाइने छ । बाफिया अनुसार बैंक तथा वित्तीय संस्थामा १ जना स्वतन्त्र सञ्चालक अनिवार्य रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्