काठमाडौ। भारतबाट २ करोड थान एलइडी बल्ब खरिद गर्ने सरकारको निणर्यका लागि सर्बोच्च अदालतले बाटो खुल्ला गरिदिएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको हो ।
यससागै अब नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सक्नेछ । भारतबाट एलइडी बल्ल खरिद गर्ने निर्णय सरकारले गरेकोमा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ता नारायण चौलागाईले सरकारको निणर्य विरुद्ध सर्बोच्चमा मुद्धा दायर गरेको हो ।बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ ।