Logo

यस्तो छ निजी क्षेत्रको धारणा, ‘बजेट पूर्ण रुपमा खर्च गर्न सके आर्थिक बृद्धि सम्भव’

यस्तो छ निजी क्षेत्रको धारणा, ‘बजेट पूर्ण रुपमा खर्च गर्न सके आर्थिक बृद्धि सम्भव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले हालै सार्बजनिक गरेको आर्थिक बर्ष २०७४ /७५ को बजेट महत्वाकांक्षि भएको निजी क्षेत्रहरुले बताएका छन् । बुधबार नेपाल उद्योग परिषंघ, चेम्बार अफ कमर्स तथा नेपाल हस्तकला महांघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

आर्थिक बृद्धि लक्ष्य हासिल गर्न विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न सकियो भने मात्रै सम्भब देखिने नीजि क्षेत्रले बताएका छन् । राजस्वका दर एवं राजस्व नीति परिमार्जन नगरी सात दशमलब दुई प्रतिशत आर्थिक बृद्धि कठिन भएको चेम्बर अफ कमर्सले बताएको छ । तर बजेटले प्रक्षेपण गरेका आर्थिक सूचकांकहरुमा पुग्न सकेको अवस्थामा मुलुकको आर्थिक विकासमा सुधार आउन सक्ने विश्वास हस्तकला महासंघको छ । बजेटमा निजी क्षेत्रले दिएको सुझाव नसमेटिएको गुनासो छ । जसले गर्दा निजी क्षेत्रलाई निरास बनाएको उनीहरुको भनई छ ।

यो बजेट बिषम परिस्थितिमा आएकोले बजेटमा व्यवस्था गरिएका संघीयता कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, रोजगारीका अवसरहरुमा बृद्धि, उत्पादन र उत्पादकत्व बृद्धि, राष्ट्रिय गौरबका आयोजनाहरुको कार्यान्वयनमा तीव्रता, कृषिको आधुनीकरण राम्रो पक्ष हो ।

त्यस्तै व्यवसायिक र यान्त्रीकरण साथै सडक, रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र स्तरोन्नति, पर्यटन पूर्वाधार र विकास प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी, बैंक तथा वितीय संस्थाहरुको नियमन र व्यवस्थित सञ्चालन, अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपूर्तिलाई विशेष महत्व दिइनु सकारात्मक पक्ष भएको निजी क्षेत्रको धारणा छ ।

तर ‘निजी क्षेत्रको सहकार्य र सहयोग बिना यो लक्ष्य पुरा हुन सक्ने कुनै आधार देखिदैन’ हस्तकला महासंघको विज्ञप्तिमा भनिएको छ ‘ लक्ष्य पुरा गर्न निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्न महासंघ नेपाल सरकारलाई अनुरोध गर्दछ ।’

बजेटमा अभिव्यक्त भएका एक लाख व्यक्ति स्वरोजगार हुने र ४ लाख नयाँ रोजगारीको अवसर सिर्जना भई ५ लाख व्यक्तिले रोजगारी पाउने विषयवस्तुहरु कार्यान्वयन हुन सके राम्रो हुने धारणा महासंघको छ । त्यस्तै अहिले सम्बोधन नभएका विषयहरु पुरक बजेटले समेटेमा समग्रमा बजेटबाट सन्तुष्ट भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा बताउँछीन् ।

प्रतिक्रिया दिनुहोस्