Logo

थोक तथा खुद्रा व्यापारीले लिन्छन् सबैभन्दा धेरै ऋण

थोक तथा खुद्रा व्यापारीले लिन्छन् सबैभन्दा धेरै ऋण


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाबाट सबैभन्दा धेरै ऋण थोक तथा खुद्रा व्यापारका लागि लिने पाइएको छ । सरकारले गत आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण अनुसार बैङ्कबाट प्रवाहीत हुने कर्जाको सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा व्यापारको छ ।

फागुनसम्मको तथ्याङ्क समेटिएको सर्वेक्षणमा कुल कर्जाको २१.८ प्रतिशत अर्थात चार खर्ब २३ अर्ब रुपैयाँ थोक तथा खुद्रा व्यापारमा प्रवाह भएको छ । त्यसपछि उत्पादन क्षेत्रमा सबैभन्दा धेरै तीन खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको सर्वेक्षणमा उल्लेख छ ।

सबैभन्दा कम ऋण प्रवाह हुने क्षेत्रमा स्थानीय सरकार रहेको छ । स्थानीय सरकारले फागुन सम्म बैङ्क तथा वित्तीय संस्थाबाट १ अर्ब ५६ करोडमात्र ऋण लिएको छ । त्यसपछि खानी क्षेत्रले तीन अर्ब २९ करोड रुपैयाँ ऋण प्रवाह भएको छ ।

व्यक्तिगत उपभोगका लागि लिइने ऋण २१.५ प्रतिशतले बढेर ७९ अर्ब १९ करोड पुगेको छ । फागुन महिनासम्म बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा १५.३ प्रतिशतले अर्थात दुई खर्ब ५४ अर्ब रुपैयाँले बढेको छ ।

हेर्नुहोस तालिका

प्रतिक्रिया दिनुहोस्