काठमाडौं । संघीय संरचना अनुसार पहिलो पटक बजेट ल्याएको सरकाले स्थानीय निकायलाई उच्च प्राथमिकता दिएको छ । देशका कुल ७ सय ४४ स्थानीय निकायलाई सरकाले २ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जसमा वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ५५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ भने सशर्त अनुदान अन्तरगत ७६ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ ।
आर्थिक वर्ष २०७४/७५ को बजेटले सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकालाई विनियोजन गरेको छ । काठमाडौं महानगरका लागि १ अर्ब ८८ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कुन स्थानीय निकाले कति पाए ? यो लिङ्कमा गएर हेर्नुहोला ।