Logo

प्रधानमन्त्रीले गरे द्रुतमार्गको शिलान्यास, सेनाले ४ बर्षभित्र निर्माण पुरा गर्ने

प्रधानमन्त्रीले गरे द्रुतमार्गको शिलान्यास, सेनाले ४ बर्षभित्र निर्माण पुरा गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्रर्याक) आजदेखि औपाचारिक रुपमा निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा आज बिहान शिलान्यास गरेसँगै औपचारिक रुपमा निर्माण कार्य शुरु भएको हो ।

सो द्रुतमार्ग विदेशीलाई बनाउन दिने वा नेपालले नै बनाउने भन्ने विषयमा लामो समय विवाद भएको थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले उक्त द्रुतमार्ग आफैले बनाउने घोषणा गर्दै चालू आर्थिक वर्षको बजेटबाट रमक समेत विनियोजन गरेको थियो । द्रुतमार्ग आफैले बनाउने अघिल्लो सरकारको नीतिलाई निरन्तरता दिँदै वर्तमान सरकारले नेपाली सेनालाई निर्माण जिम्मा दिएको हो । यस अघि २०६६ सालमा ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ट्रर्याक खोल्ने जिम्मा पनि नेपाली सेनालाई नै दिइएको थियो ।

काठमाडौं र तराईलाई जोड्ने सबैभन्दा छोटो दुरीको सो द्रुतमार्गको लम्बाई ७६ किलोमिटर रहेको छ । नेपाली सेनाले सो द्रुतमार्ग ४ वर्षमा निर्माणकार्य सक्ने भएको छ । सो द्रुतमार्गको निर्माणलागत एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त द्रुतमार्ग निर्माणसँगै बारामा बन्न लागेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई समेत संचालनमा ल्याउने सहज हुने छ भने काठमाडौं र तराईलाई आर्थिक तथा सामाजिक रुपमा जोड्न समेत ठूलो मद्दत पुग्ने छ ।

सो द्रुतमार्गमा साना ठूला गरी एक सयको हाराहारीमा पुल निर्माण गरिने छ। त्यस्तै, मकवानपुरको ठिङगनमा १.४ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । द्रुतमार्ग निर्माणपछि तराई–मधेसबाट डेढ घण्टामा राजधानी आउन सकिने छ । साथै द्रुतमार्ग निर्माणपछि राजधानी लगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च बार्षिक १० अर्ब रुपैयाँभन्दा बढी बचत हुने दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL