Logo

साङ्ग्रीलाको १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद, दुई संस्था गाभ्न साधारणसभा

साङ्ग्रीलाको १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद, दुई संस्था गाभ्न साधारणसभा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साङग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई बोनस र हकप्रद सेयर दिने भएको छ । बैंकका अनुसार १६ शदमलव ०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैंकका अनुसार बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने छ । तर, हकप्रद भने प्राप्ति पछि मात्र वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । नेपाल र राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्मा चुक्ता पूँजी पुर्याउन साङ्ग्रीलाले एक्विजिशन, बोनस तथा हकप्रदको बाटो रोजेको हो ।

बोनस सेयर वितरण र दुई बैंक प्राप्ति पनि बैंकको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुग्ने भएको छ । १० करोड रुपैयाँ चुक्ता पूँजी भएको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कसमस डेभलपमेनट बैंक प्राप्ति पछि हकप्रद जारी गरेर बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ ।

बैंकले बोनस सेयर वितरण, दुई विकास बैंक प्राप्ति तथा सेयर स्वाप रेसियो निर्धारण र हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न जेठ १९ गते साधारणसभा बोलाएको छ । जसको लागि बैंकले जेठ ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्