काठमाडौं । सरकारले चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउनुका साथै सो अवधारणामा हस्ताक्षर समेत गर्ने निर्णय गरेको हो ।
चीनीयाँ सरकारले वान वेल्ट वान रोडको अवधारणामा हस्ताक्षर गर्न आग्रह गरे पनि नेपाल सरकारले निर्णय लिएको थिएन ।