Logo

ओरिन्ड म्याग्नेसाइट र मेटल कम्पनीको जिम्मा निजी क्षेत्रलाई

ओरिन्ड म्याग्नेसाइट र मेटल कम्पनीको जिम्मा निजी क्षेत्रलाई


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल सरकारको स्वमित्वमा रहेको औषधी लिमिटेड आइतबारबाट सञ्चालनमा आएसँगै अन्य बन्द उद्योग सञ्चालनको तयारी सरकारले थालेको छ । उद्योग मन्त्रालयले अन्य बन्द उद्योगको मोडालिटिको टुंगो लगाइने क्रममा रहेको जानकारी दिएको छ ।

जसअनुसार मेटल कम्पनी र ओरिन्ड म्याग्नेसाइट कम्पनी निजी क्षेत्रलाई दिने तयारी गरेको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।
त्यस्तै गोरखकाली टायर उद्योगको अध्ययनका लागि टोली पठाइएको मन्त्री जोशीले बताए ।

बीरगञ्ज चिनी कारखाना र बुटवल धागो कारखाना सञ्चालनका लागि निजी क्षेत्रलाई दिने अन्तिम तयारीमा मन्त्रालय पुगेको छ ।

बन्द उद्योगलाई पून सञ्चालनमा ल्याएर स्थानीय स्तरमै रोजगारी सृजना गर्ने उद्देश्य मन्त्री जोशीको छ । सोहि अनुसार बन्द उद्योग सूचारु गर्नतर्फ लागेको उनले जानकारी दिए ।

२५ मंसिर ०५५ सालदेखि पूर्ण रूपमा बन्द उद्योग सञ्चालनका लागि स्थानीयवासी, पूर्वकर्मचरी एवं सरोकारवालाले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL