Logo

तरल राजनीतिले लगानीकर्ताको मनोविज्ञानमा असर, पहिलो दिन २४ अंकको गिरावट

तरल राजनीतिले लगानीकर्ताको मनोविज्ञानमा असर, पहिलो दिन २४ अंकको गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो देशमा समय भइरहेको विभिन्न राजनीतिक घटनाक्रमको असर सेयर बजारमा पर्न थालको छ । सरकार र न्यायलयबीचको टसलका कारण लगानीकर्ताहरु शसंकित भएका छन् ।

सरकार र न्यायलयबीचको टकरावको कारण देशमा राजनीतिक तरलता अझै लम्बिने डरका कारण लगानीकर्ताहरु बजारबाट वाहिरिने क्रम बढेको छ । जसको कारण आइतबार बजारमा कारोवार रकम र नेप्से परिसुचक दुबै ओरालो लागेका छन् ।

आइतबार बजार खुलेदेखि नै ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलव २० अंकले घट्न पुग्यो । जसमा बैंक, बीमा, फाइनान्स तथा जलविद्युत समुहका परिसुचक ओरालो लागेका छन् भने अतिरिक्त र उत्पादनमुलक समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी बीमा समुहको १ सय १२ अंकले घट्न पुगेको छ भने बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचकमा २८ अंकको गिरावट आएको छ । विकास बैंक समुह २२ दशमलव ४४ अंकले घट्दा फाइनान्स समुहको परिसुचक झण्डै ११ अंकले ओरालो लागेको छ ।

यसैगरी जलविद्युत समुह ३२ अंकले घट्दा होटल समुहको परिसुचक २४ अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसुचकका साथै कारोवार रकम पनि ओरालो लागेको छ । दिनभर बजारमा ६९ करोड २३ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा १ सय ४१ कम्पनीको ९ लाख ९९ हजार कित्ता सेयर खरिदविक्री भएको छ । आइतबार सबैभन्दा बढी नेपाल एसबीआई बैंकको ६ करोड २१ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्