Logo

नेपालका निजी क्षेत्रलाई भारतीय विदेश राज्यमन्त्रीको सुझाव, ‘व्यापार हैन पूर्वाधारमा लगानी गर्नुस’

नेपालका निजी क्षेत्रलाई भारतीय विदेश राज्यमन्त्रीको सुझाव, ‘व्यापार हैन पूर्वाधारमा लगानी गर्नुस’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय विदेश राज्यमन्त्री जनरल भिके सिंहले नेपालका निजी क्षेत्र व्यापारमुखि भएकोले अब भने पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्नुपर्ने समय आएको सुझाव दिएका छन् । भारतको नयाँ दिल्लीमा नेपाल हेर्ने गैर आवासीय राजदुतलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा उनले भारत र चीनको विकासबाट नेपालमा लगानीको वातावरण समेत बनेको बताए ।


नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए । विभिन्न देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा महतले नेपालमा लगानीको वातावरण बनेकोले यहाँ लगानी गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्