Logo

एनएमबी बैंकको सेयर संरचना परिवर्तन, १ करोड १४ लाख कित्ता एफपीओ जारी गर्दै

एनएमबी बैंकको सेयर संरचना परिवर्तन, १ करोड १४ लाख कित्ता एफपीओ जारी गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनएमबी बैंकले १ करोड १४ लाख १५ हजार कित्ता (फरदर पब्लिक अफरिङ) एफपीओ जारी गर्ने भएको छ । बैंक साधारणसभाले दिएको अख्तियारी अनुरुप हिजो बसेको बैंक संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकको २०७३ पुस १४ गते भएको साधारणसभाले पूँजी बृद्धिका लागि साधारण सेयर जारी गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले एफपीओ जारी गर्न लागेको हो ।

जस अनुसार बैंकले कुल १ अर्ब १४ करोड १५ लाख १६ हजार रुपैयाँको एफपीओ जारी गर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ । एफपीओ जारीसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।

बैंकले एफपीओ जारीका साथै आफ्नो सेयर संरचनामा पनि परिवर्तन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) ले दिएको सुविधा अनुसार संस्थागत र साधारण लगानीकर्ताको सेयर संरचना ५१ः४९ प्रतिशत कामय गर्ने भएको छ । हाल बैंकको सेयर संरचना संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL