काठमाडौं । सन् २०१७ मा दक्षिण एसियामा भुटानको कुल ग्राहस्थ उत्पादनको बृद्धिदर दक्षिण एसियाकै उच्च हुने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैक (एडिविले हालै सार्वजनिक गरेको सन् २०१७ मा विभिन्न देशहरुले प्राप्त गर्नसक्ने कुल ग्राहस्थ उत्पादनको बृद्धिदर प्रक्षेपणमा यस्ते उल्लेख छ ।
एडिबीकाअनुसार दक्षिण एसियामा सबैभन्दा कम बृद्धिदर अफगानस्तानको हुने छ । प्रक्षेपण अनुसार नेपालमा चौथो उच्च बृद्धिदर हुनेछ। नेपालको ५ दशमलब ६ प्रतिशतको बृद्धिदर कायम हुने छ। त्यस्तै भुटानको ८ दशमलव २, भारतको ७ दशमलब ४ र बंगलादेशको ६ दशमलब ९ हुने छ ।
त्यस्तै पाकिस्तानको ५ दशमलब २, श्रीलंकको ५, माल्दिभ्सको ३ दशमलब ८ र अफगानस्तानको २ दशमलब ५ प्रतिशत बृद्धिदर कायम हुने प्रक्षेपण गरिएको छ। एडिबीले समग्र दक्षिण एसियाको औत बृद्धिदर भने ७ प्रतिशत कायम हुने बताएको छ। एडिवीले त्यस्तै सन् २०१८ मा भुटानले ९ प्रतिशतभन्दा ठुलो बृद्धिदर हाँसिल गर्ने प्रक्षेपण समेत गरेको हो ।