Logo

बाहिरी चक्रपथको डिपिआर स्वीकृत, एक महिना भित्र खन्न शुरु, यस्तो छ डिजाइन !

बाहिरी चक्रपथको डिपिआर स्वीकृत, एक महिना भित्र खन्न शुरु, यस्तो छ डिजाइन !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले बाहिरी चक्रपथ आयोजनाको ‘पाइलट प्रोजेक्ट’को डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) स्विकृति भएको छ । बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको ६ दशमलब ६१८ किलोमिटरकोे डिपिआर स्विकृत भएको हो ।

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले यसै हप्ता डिपिआर स्वीकृति गरेको मन्त्रालयले जानकारी दिएको छ । हाल डिपीआर स्वीकृत भएको र केही समयभित्रै राजपत्रमा प्रकाशित हुने समेत शहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अबको एक महिना भित्रमा सो खण्डमा सडक विस्तारकार्य शुरु हुने भएको छ । ९ वर्षको अन्तरालमा सो खण्डको निर्माण लागत समेत तीन गुणाले बढेको छ । २०६५ सालमा कुल निर्माण लागत २ अर्ब ९ करोड रुपैयाँ रहेकोमा हाल बृद्धि भई ६ अर्ब ३० करोड रुपैंयाँ पुगेको छ ।

बाहिरी चक्रपथ निर्माणका लागि चीन सरकार र जाइकाले चासो देखाएका छन् । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ भने सो स्थानमा रहेको भौतिक पूर्वाधार समेत भत्काइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL