Logo

आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार, मिलेर काम गर्ने प्रतिबद्धता

आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार, मिलेर काम गर्ने प्रतिबद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतका लागि उद्योग मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । साथै मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको र यो लगानीको वातावरण बनेको संकेत भएको जानकारी दिए ।

सो अवसरमा उनले उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलिकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको समेत बताए । ‘यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको छ’ उनले भने ।

औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने दिशामा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध आर्थिक मुद्धामा केन्द्रीत होस् भन्ने शुभकामना दिँदै मन्त्री जोशीले लगानी सम्मेलनमा व्यक्त लगानीका आशयहरुलाई व्यवहारमा उतार्न कुन प्रकृयाबाट उनीहरुलाई भित्र्याउन सकिन्छ भन्ने दिशामा उद्योग मन्त्रालय क्रियाशिल रहेको जानकारी दिए ।

उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका तर्पmबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना भएको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बताइन् ।

उद्योग मन्त्रालयको पछिल्लो काम कारवाहीले मूलकमा औद्यौगिक वातारण बन्दै गएको भन्दै अध्यक्ष राणाले विकास र सम्वृद्धिको मुद्धामा सरकारसँग सँगसँगै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्