Logo

दिनभर उकालो लागेको बजार अन्तमा घट्यो, किन हुँदैछ चलखेल ?

दिनभर उकालो लागेको बजार अन्तमा घट्यो, किन हुँदैछ चलखेल ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बिहीबार दिनभर उकालो लागेको नेप्से परिसुचक सामान्य ओरालो लागेको हो ।

चुनाव हुने वा नहुने भन्ने आशंकामा साताको पहिलो दुई उच्च रुपमा घटेकोे नेप्से परिसुचक प्रमुख राजनीतिक दलले चुनावी वातावरण निर्माण गरेसँगै पछिल्लो एक दिन उकालो लागेको थियो । तर, अन्तिम दिन पनि दिनभर बढेर अन्तमा घट्न पुगेको छ ।

बजारमा ठूला लगानीकोकर्ताको च्याखे दाउले गर्दा बजार छिनछिनमै उतारचढाव हुने गरेको एक लगानीकर्ताले बताए । ‘ठूला लगानीकर्ताले बजारमा उतार चढाव ल्याउन समय समयमा ठूलो परिमाणमा सेयर विक्रीमा राख्ने तथा सोही अनुरुप खरिद चाप पनि बढाउने गरेका छन्,’ ती लगानीकर्ताले भने, ‘जसको सिकार साना लगानीकर्ता बन्न पुगेका छन् ।’

बिहीबार बजार खुलेको केही समय २० अंकभन्दा बढीले उकालो लागेको बजार अन्तमा ३ दशमलव ६८ अंकले घट्न पुगेको छ । जसमा बैंक फाइनान्सलगायतका समुहहरु बढी ओरालो लागेका छन् । तर, ती समुहका परिसुचक पनि १० अंकभन्दा कमले घटेका छन् । तर बजारमा बीमा, होटल र अन्य समुहका परिसुचक भने उकालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय ४३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँ बरावरको १८ लाख १७ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा प्रभु बैंकको सबैभन्दा ८ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी आजैमात्र आफ्नो हकप्रद जारीको संरचना परिवर्तन गरेको नेशनल लाईफ इन्स्योरेन्सको पनि प्रतिकित्ता ९० रुपैयाँले बढ्दै ७ करोड ७६ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL