Logo

दैनिक ओरालो लाग्दै बजार, दुई दिनमा ८५ अंकले घट्दा एभरेष्टलाई झड्का

दैनिक ओरालो लाग्दै बजार, दुई दिनमा ८५ अंकले घट्दा एभरेष्टलाई झड्का


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै ओरालो लागेको नेप्से परिसुचले आज पनि निन्तरता पाएको छ । मंगलबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा ३९ दशमलव ५४ अंकले घट्न पुग्यो ।

२०७३ साललाई रेड सिग्लन दिँदै विदाई गरेको नेप्सेले २०७४ लागेपछि उच्च रुपमा घटिरहेको छ । आइतबार ४५ दशमलव ५२ अंकले घटेको बजार दुई दिनमा ८५ अंकले ओरालो लागेको छ ।

बजारमा उत्पादनमुलक वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बैंक, बीमा र जलविद्युत समुहका परिसुचक उच्च रुपमा घटेका छन् । मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ८४ अंकले घटेको छ भने बजारमा बसैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ४४ अंकले ओरालो लागेको छ ।

यसैगरी विकास बैंक समुह ३९ अंकले घट्दा जलविद्युत समुहको परिसुचक ७७ अंकले ओरालो लागेको छ । निर्वाचनको अनिश्चितता, तराइ केन्द्रित राजनीति दलको बन्द हड्तालका कार्यक्रम सार्वजनिकजस्ता कारणले गर्दा पछिल्लो समय दैनिक रुपमा बजार ओरालो लागेको सम्बद्ध लगानीकर्ता बताउँछन् । बन्द हड्ताजस्ता कारणले लगानीकर्ताको मनोविज्ञानमा असर पुर्याएको एक लगानीकर्ताले बताए ।

यसैगरी एभरेष्ट बैंकले बोनस र हकप्रद छोड्दै मर्जर तथा एक्विजिशन रोजेपछि सोको सेयर मूल्यमा उच्च गिरावट आएको छ । मर्ज तथा एक्विजिशनमा जान विशेष साधारणसभा वोलाएको एभरेष्टको सेयर मूल्य आज मात्रै प्रतिकित्ता २ सय ४ रुपैयाँले ओरालो लागेको छ । बजारमा सेयर खरिदभन्दा विक्री चाप समेत उच्च रहेको थियो ।

दिनभर कुल १ सय ४२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ बरावरको २२ लाख कित्ता सेयर खरिदविक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोवार रकम बढेपनि परिसुचक भने उच्च रुपमा घटेको छ ।

मंगलबार सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोड २७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी सानिमा बैंकको पनि मूल्य घट्दै ७ करोड ११ लाख रुपैयाँको कारोवार भएको छ भने प्राइम लाईफ इन्स्योरेन्सको पनि मूल्य घट्दै ६ करोड रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL