Logo

५१ प्रतिशतसम्म बोनस दिँदै राष्ट्रिय बीमा कम्पनी, एक कित्ता हुनेले ११ हजार पाउने

५१ प्रतिशतसम्म बोनस दिँदै राष्ट्रिय बीमा कम्पनी, एक कित्ता हुनेले ११ हजार पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयर धनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । १५ वर्षदेखि लेखा परीक्षण नै नगरी बसेको कम्पनीले आर्थिक वर्ष २०६०÷६१ देखि ३ आर्थिक वर्षको लेखा परीक्षण गरी बोनस सेयर वितरण गर्न लागेको हो ।

दुई वर्ष अघि राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर निर्जीबन बीमा कम्पनीको काम गर्दै आएको बीमा कम्पनीले सेयर धनीलाई २७ देखि ५१ प्रतिशतसम्म बोनस सेयर दिने भएको छ । कम्पनीले पहिलो ३ आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को बोनस सेयर वितरण गर्न लागेको हो । ती आर्थिक वर्षको चुक्ता पूँजीको आधारमा क्रमश ३७, ५१ र २७ प्रशितशत बोनस सेयर वितरण गरिने कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

जस अनुसार कम्पनीको एक कित्ता सेयर हुनेले ५१ प्रतिशत बोनस पाउँदा झण्डै ११ हजार रुपैयाँ हात पार्नेछ । कम्पनीले बोनसको घोषणा गरेसँगै बजारमा सेयर मूल्य पनि उकालो लागेको छ । प्रतिकिक्ता १९ हजार ९ सय रुपैयाँबाट कारोवार खुलेको कम्पनीको सेयर आघा घण्टाकोबीचमा २० हजार ३ सय रुपैयाँ पुगेको छ ।

कम्पनीले उक्त बोनस सेयर स्वीकृतिका लागि बैशाख २२ गते साधारणसभा बोलाएको छ ।

rastraya-beema-company

 

 

प्रतिक्रिया दिनुहोस्