Logo

नयाँ बर्षसँगै सेयर बजारमा पहिरो, किन ओरालो लाग्दै छ नेप्से ?

नयाँ बर्षसँगै सेयर बजारमा पहिरो, किन ओरालो लाग्दै छ नेप्से ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०७३ को अन्तिम दिन घटेर बन्द भएको सेयर बजारमा २०७४को शुरुवातसँगै उच्च गिरावट आएको छ । आइतवार बजार खुलेदेखि ओरालो लागेको बजार अन्तत ४५ दशमलव ५२ अंकले घटेको छ । गत साता धितोपत्र बोर्डले बजारमा अनावशयक उतारचढाव आएकोले सोहिअनुरुप सावधानी अपनाएर लगानी गर्न आग्रह गरेसँगै बजार पून ओरालो लाग्न शुरु गरेको हो ।

त्यसो त चुनाव हुने वा नहुने भन्ने आशंकाले पनि सेयर बजार ओरालो लागेको हो । त्यस्तै मधेसी मोर्चाले चुनावको विरोधमा बन्द हड्तालका कार्यक्रम सार्वजनिक गरेपछि बजारमा ठूलो प्रभाव परेको सम्वद्ध लगानीकर्ता बताउँछन् ।

बजारको घटाई तथा बढाई लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने हुँदा देशमा चुनावी वातावरण विग्रने सम्भावना बढेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । आइतवार सेयर बजार १६ सय ५१ दशमलव ६१ अंकमा पुगेर बन्द भएको छ । सो दिन कारोवारमा आएका सवै समुहको परिसुचक उच्च रुपले घटेको छ ।

सो दिन वीमा समुह सवैभन्दा बढी ३२२ दशमलव ८४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ६२, उत्पादन ५९ दशमलव ४७,विकास बैंक ४९ दशमलव ९३ र बैंकिङ समुह ४४ दशमलव १४ अंकले घटेको छ ।

त्यसैगरी जलविद्युत,फाइनान्स र अन्य समुह क्रमशः ३८ दशमलव ८५,८ दशमलव ८५ र ४ दशमलव ९२ अंकले घटेको छ । आइतवार कारोवार रकम पनि खुम्चिएको छ । गत विहीवार डेढ अर्वको कारोवार भएकोमा आज १ अर्व २१ करोडमा सिमित भएको छ । यसरी नेप्से परिसुचक तथा कारोवार रकम दुवै ओरालो लाग्नु अजारका लागि खतराको घण्टी भएको सम्वद्ध विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्