Logo

आईजीपीको फुली प्रकाश अर्याललाई, प्रहरी महानिरीक्षकमा नियुक्ती

आईजीपीको फुली प्रकाश अर्याललाई, प्रहरी महानिरीक्षकमा नियुक्ती


बिजखबर संवाददाता
27
Shares

सरकारले लामो समयदेखि रिक्त रहेको प्रहरी प्रमुखको पदपूर्ती गरेको छ । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । मन्त्रीपरिषद्को सोमवार अवेर बसेको वैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले कार्यसम्पादनको नम्बरका आधारमा अब्बल देखिएका अर्याललाई प्रहरी प्रमुख बनाएको हो । यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो । कार्यसम्पादनमा सवैभन्दा बढी अर्यालको १५४ अंक पाइएको देखिएको छ । त्यस्तै, नवराज सिलवालको १५२.,  डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको पाइएको छ ।
सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेपनि त्यसलाई सर्वोच्चले रोकेको थियो । सर्वोच्चले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आईजीपी नियुक्ती गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्