Logo

ओरालो लाग्दै नप्से, ट्रिपल सर्किटमा छिरेका लगानीकर्ताको भविश्य के होला !

ओरालो लाग्दै नप्से, ट्रिपल सर्किटमा छिरेका लगानीकर्ताको भविश्य के होला !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको शुरुमा उच्च रुपमा बढ्दै तीन पटकसम्म सक्रिट ब्रेक लागेर कारोवार समय अगावै बन्द भएको बजार अहिले पुनः ओरालो लाग्न थालेको छ । आइतबार बजार ५ प्रतिशतले बढेर बन्द भएकोमा त्यसको भोलिपल्ट आधा घण्टाको बीचमा ४ प्रतिशतले बढेर दुई पटक सक्रिट ब्रेक लागेको थियो ।

दुई दिनसम्म लगातार उकालो लागेको नेप्से पछिल्लो समय ओरालो लाग्न थालेको छ । केही समय अघि १ हजार २ सय अंकमा झरेको नेप्से परिसुचक साढे १५ अंकमा पुग्दासम्म सामान्य रुपमा बढेको थियो । तर, त्यसपछि बजार एकदमै आक्रमक र अस्वभाविक रुपमा उकालो लाग्यो । बजारमा तीन पटकसम्म सक्रिट लाग्दा नयाँ लगानीकर्ताको प्रवेश भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘१ हजार २ सयबाट बढाउदा केही ठूला लगानीकर्ता छिरेका थिए,’ एक लगानीकर्ताले भने, ‘उनीहरुले चलखेल गरेर बजार बढाउन थालेसँगै नयाँ लगानीकर्ताको पनि प्रवेश भयो ।’ अहिले बजारमा नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागेका छन् ।

बजार उच्च रुपमा बढ्दा दैनिक कारोवार साढे २ अर्ब रुपैयाँसम्म पुगेकोमा अहिले घटेर डेढ करोड रुपैयाँभन्दा तल झरेको छ । बजार उच्च रुपमा बढ्दा प्रवेश गरेका लगानीकर्ताले बजार ओरालो लाग्न शुरु गरेसँगै झण्डै १५ प्रतिशत लगानी गुमाइसकेका छन् । बजारमा त्रिपल सर्किट लाग्दा बढी कारोवार भएका र बढी अंकले बढेका कम्पनीको परिसुचक अहिले सोही रुपमा ओरालो लागेका छन् । अहिले पनि त्यसको मारमा साना लगानीकर्ता नै परेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय बजारमा च्याखे थाप्ने काम बढी भइरहेको छ । जसले गर्दा बजारबाट एक सय जनामा १० ले मात्र आम्दानी गर्न सफल भएका छन् । केही समुह मिलेर बजार उच्च रुपमा बढाउने र नयाँ तथा साना लगानी कर्ता पूर्ण रुपमा प्रवेश गरेसँगै त्यस्ता समुह बजारबाट वाहिरीने गरेका छन् ।

सोही अनुरुप मंगलबार बजारमा उतारचढाव हुँदै साढे ३ अंकले ओरालो लागेको थियो भने कारोवार रकममा पनि उच्च गिरावट आएको थियो ।

त्यसैगरी विहीबार पनि नेप्से परिसुचक सोही अनुरुप ओरालो लागेको छ । बजारको खुलेको केही समय उकालो लागेपनि अन्तमा ६ अंकले घट्न पुगेको छ । बजारमा बीमा वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । बजार बढ्दा उच्च रुपमा उकालो लागेका बैंकिङ तथा विकास बैंक समुहका परिसुचक ओरालो लाग्न थालेका छन । यसैगरी बजार ५ प्रतिशतले बढ्दा बीमा समुहको परिसुचक ७ सय ३३ अंकसम्म उकालो लागेको थियो । तर, अहिले बीमा समुहको परिसुचको बृद्धि १६ अंकमा सिमित हुन पुगेको छ ।

विहीबार बजारमा कुल १ सय ४३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीहरुको १ अर्ब ४३ करोड रुपैयाँ बरावरको २३ लाख ३७ हजार कित्ता सेयर खरिदविक्री भएको छ । बजारमा सबैभन्दा बढी कारोवार हुने कम्पनीको सुचीमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेको छ । सो बैंकको १२ करोड ९३ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा सुर्या लाइफ इन्स्योरेन्सको पनि ८ करोड ११ लाख रुपैयाँ बरावरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्