Logo

यस्तो छ कुलमानको विद्युत व्यवस्थापन योजना, अर्को वर्षदेखि निर्यात

यस्तो छ कुलमानको विद्युत व्यवस्थापन योजना, अर्को वर्षदेखि निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी बर्षदेखि विद्युत निर्यात गरिने बताएका छन् । ‘अब नेपालमा लोडसेडिङ हुन्छ भन्ने कल्पना पनि नगर्नुस अबको २ वर्ष भित्र स्वदेशी उत्पादनले नै धान्ने छ,’ विद्युत सुरक्षा दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘अब आउने फ्लोड सिजनमा हामी विद्युत निर्यातका लागि सक्षम हुनेछौं ।’

अब लोडसेडिङको चिन्ता लिन नपर्ने भन्दै सिस्टम अपग्रेड र माग बढाउने तर्फ लाग्नु पर्ने उनको भनाई थियो । ‘अबको दुई बर्षमा १ हजार २ सय मेगावाट बिजुली थपिने प्रक्षेपण छ,’ उनले भने, ‘उक्त बिजुली खपतका लागि पनि माग बढाउन जरुरी छ ।’ अबको १ वर्ष भित्र माथिल्लो तामाकोशी संचालनमा आउने र निजी क्षेत्रबाट उत्पादित अन्य आयोजनको पनि निर्माण सम्पन्न हुने भएको सुख्खा सिजमा पनि बिजुली आयात गर्न नपर्ने उनले जानकारी दिए ।

अबका केही समयभित्रै ढल्केवर ट्रान्समिसन लाईन निर्माण सम्पन्न हुने र त्यसबाट २२० मेगावाट बिजुली आयात गर्न सकिने हुँदा यसवषको कुनै पनि सिजमा लोडसेडिङ नहुने समेत उनले जानकारी दिए ।

काठमाडौंका अहिलेको सिस्टमलाई अपग्रेड नगरेसम्म बिजुलीको माग बढाउने नसकिने उनको कथन थियो । अहिलेको ट्रान्सफर्मर क्षमता अनुसार ४ सय मेगावाट बिजुलीको मात्र भारवहन रहेको र अब कम्तीमा पनि १ हजार मेगावाट क्षमता धान्ने ट्रान्सफर्मर चाहिने उनको तर्क छ । अबको ३ वर्षमा सरकारले भनेझै नेपालको पानी जनताको लगानीबाट उत्पादित बिजुली उपयोग गर्न सकिने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्