Logo

सेयर ‘भ्यालू’ बढाउन टेलिकमले कस्तो पायो सुझाव ?, परामर्शदाताले बुझायो प्रतिवेदन

सेयर ‘भ्यालू’ बढाउन टेलिकमले कस्तो पायो सुझाव ?, परामर्शदाताले बुझायो प्रतिवेदन


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदारीका लागि नियुक्त गरेको परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवेदन स्वीकृत गरेको छ ।

परामर्शदाता ‘एनलाइसिस मेसोन लिमिटेड’ले केहि दिन अघि बुझाएको प्रतिवेदन स्वीकृत भएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । स्वीकृती पछि परामर्शदातालाई थप अध्ययन र कागजी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

परामर्शदाताले प्रारम्भिक प्रतिवेदनमा टेलिकमसँग सम्बन्धित सम्पुर्ण विवरण उल्लेखदेखि सेयरको भ्यालूसहित अन्य योजना समेटेको वैद्यले जानकारी दिइन् । उनका अनुसार परामर्शदताको उत्तरदायित्व र काम कारवाहीको प्रक्रिया पनि प्रतिवेदनमा उल्लेख छ ।
टेलिकमले प्रारम्भिक प्रतिवेदन स्विकृती गरेपछि परामर्शदाताले ५२ हप्ताभित्र सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । अब परामर्शदाताले कम्पनीको विस्तृत अध्ययन (डिउ डेलिजेन्स अडिट) गर्ने छ । सो अध्ययनबाट कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हेरेर सेयर मूल्य निकाल्ने गरिन्छ ।

कम्पनीको विस्तृत अध्ययनपछि साझेदार भित्र्याउन लागि टेन्डर आह्वान हुनेछ । टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत कार्यमा परामर्श दिनेछ ।

कम्पनीले टेलिकमको रणनीतिक साझेदार भित्राउने सबै प्रक्रियामा सुझाव दिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । टेलिकमले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी तथा सेवामुलक बनाउन साझेदार भित्र्याउन लागेको हो ।
अर्थ मन्त्रालयले ०७० मंसिरमा रणनीतिक साझेदारीका लागि टेलिकमको विस्तृत अडिट गरी मोडालिटीबारे सुझाव दिन परामर्शदाता नियुक्तिको बाटो खुला गरेको थियो । त्यसै अनुसार टेलिकमले सोही वर्षको फागुनमा प्रस्ताव आह्वान गरेको थियो ।
रणनीतिक साझेदार भित्र्याउने प्रक्रियासम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै अड्किएपछि साझेदार भित्र्याउने प्रmित्रया रोकिएको थियो ।

टेलिकममा सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारणणको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस्