काठमाडौं । अब विश्वका चर्चित मिडिया विविसी,रोयटर्स र ट्रिप एडभाइजरले नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएका छन् । ती मिडियाबाट नेपालको पर्यटन प्रवद्र्धनको सन्दर्भमा सोमवार पर्यटन बोर्डले सहकार्यका लागि समझदारी गरेको हो । समझदारी पत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विविसीका विशाल भट्टनाकर, ट्रीप एडभाइजरका भरतनाथ पाल ररोयटर्सका दक्षिण एसियाका निर्देशक एसएन वादरीले हस्ताक्षर गरे ।
जसअनुसार विविसी,रोयटर्स र ट्रिप एडभाइजरले नेपालको पर्यटनबारे लेख तथा भिडियो तथा विज्ञापन प्रसारण गरेर पर्यटन प्रवद्र्धन गर्नेछन् । यसका लागि ९ लाख ७५ हजार डलर खर्च गर्न लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए । पर्यटन बोर्डले विविसीसँग ६ लाख ५० हजार डलर ,ट्रिप एडभाइजरसँग २ लाख ५० हजार र रोयटर्ससँग ७५ हजार डलरमा प्रवद्र्धनका लागि सम्झौता भएको हो ।
सहकार्य अनुसार ट्रिप एडभाइजरमा भोलीदेखि १ बर्षका लागी नेपालको पर्यटनबारे भिडियो तथा लेखहरु प्रसारण प्रकाशन हुनेछन् । त्यस्तै विविसीमा १४ दिन पछी ६ महिनाका लागी र रोयर्टसमा मे १ देखि ३ महिनाका लागि सम्झौता भएको हो । विस्तारै स्थानीय भाषामा पनि भिडियो तथा लेख प्रकाशन प्रसारण गर्ने बताए जोशीले जानकारी दिए ।
नेपाल घुम्न आउने पर्यटक बढोस भन्ने उद्देश्यसहित सहकार्य गरिएको उनले जानकारी दिए । ‘भुकम्पपछि नेपालबारे विश्वसामु नकारात्मक सन्देश गएकोले पर्यटक छ’ उनले भने ‘अव यी मिडियासँग सहकार्य गरी सकारात्मक सन्देश दिन चाहन्छौ ।’ उनका अनुसार पर्यटन बोर्डको चालु आर्थिक बर्षको बजेटमा पनि समाबेश गरिएको छ ।
तीन मिडियामा लेख, विज्ञापन तथा भिडियो छुट्टा छुट्टै प्रसारण हुने उनले जानकारी दिए । तर ती भिडियोले दिने सूचना भने उस्तै हुनेछ । विशेषगरी चाडपर्व, आरोहण सिजन तथा अन्य गतिविधिबारे लेख तथा समाचार उपलब्ध गराउने छ ।
कार्यक्रममा पर्यटन सचिव शंकरप्रसाद अधिकारीले नेपालमा सम्भावना रहदा पनि पर्यटनको विकास हुन नसकेको बताए । नेपालको हवाई सेवा महंगो हुनुका साथै भौतिक पूर्वाधार पनि राम्रो नभएकोले पर्यटकलाई आकर्षित गर्न नसकिएको उनले बताए ।
प्रवद्र्धनका साथै अन्य पूर्वाधारमा पनि सुधार आवश्यक छ । त्यस्तै सरकार र निजी क्षेत्रको पनि इफोर्ट आवशयक भएको उनले जानकारी दिए । सो अवसरमा ट्रीप एडभाइजरका दक्षिण एशिया निर्देशक भरतनाथ पालले नेपालको विशेषगरी ट्रेकिङ, आध्यत्मिकता, वाइल्डलाइफ र स्थानीय दैनिकीबारे प्रवद्र्धन गर्नपर्ने बताए ।
त्यस्तै काठमाडौं र विश्वको उत्कृष्ट पर्यटकीय शहरमा २३ औं र एशियामा पाँचौ नम्वरमा परेकोमा प्रमाणपत्रसमेत प्रदान गरे । विविसीका साउथ एशिया निर्देशक विशाल भट्टनयकरका अनुसार युरोप अमेरिका तथा अष्ट्रेलियालाई केन्द्रित गरेर प्रचारप्रसार गर्नेछ । त्यस्तै रायटर्सले नेपालबारे फिचर स्टोरी तयार गर्नेछ ।