Logo

टिआईए अवरुद्द गर्ने जनावर चितुवा कि कुकुर ? ड्रेन ब्लक गरेर विमानस्थल शुचारु

टिआईए अवरुद्द गर्ने जनावर चितुवा कि कुकुर ? ड्रेन ब्लक गरेर विमानस्थल शुचारु


बिजखबर संवाददाता
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को रनवेमा जनवार देखिएपछि अवरुद्ध विमानस्थल शुचारु भएको छ । वुद्ध एयरका पाईलटले रनवेमा चितुवा जस्तै जनावर देखिएको जानकारी टावरलाई गराएपछि विमानस्थल करीब १५ मिनेट अवरुद्ध गरिएको थियो । विमानस्थलको पानी छिर्ने डे«नमा छिरेको उक्त जनावरलाई त्यहि ब्लक गरेर विममानस्थल शुचारु गरिएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

चितुवाजस्तै देखिएको उक्त जनावर रनवेबाट डे«नमा पसेको थियो । उक्त डे«नलाई दुवैतर्फबाट ब्लक गरिएको छ । बन्यजन्तु आरक्षबाट मान्छे बोलाइएको उनले बताए । ‘जानवर के हो भन्ने निक्र्योल भईसकेको छैन, चितुवा जस्तो देखिएको मात्रै हो, कुकुर, बन विरालो वा अरु केहि हुन सक्छ’ उनले भने, ‘बन्यजन्तु आरक्षणका अधिकारी आएपछि ब्लक खोलेर हेर्ने छौं ।’
विमानस्थलमा छिर्न सक्ने यस्ता जनावर नियनत्रण गर्न विमानस्थलले शिकारीको ब्यवस्था गरेको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्