काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमबीच प्रधान समुहले बस्तुगत र जिल्ला तथा नगरतर्फको टीम सहित उम्मेदवारी घोषणा गरेका हुन् ।
सक्षम नेतृत्व सशक्त संगठन हाम्रो अभियान भन्ने मुल नाराका साथ आफुले महासंघमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् । महासंघमा सबैलाई समान हक अधिकार दिलाउन आफुले सरकारसँग लविङ गर्ने उनको दावी थियो ।
उनले उद्योगी व्यवसायीहरुको सम्मान र हक अधिकार रक्षा, महासंघको सार्वजनिक प्रतिष्ठा उच्च पार्ने, संगठन सुदृढिकरण, साना तथा मझौला उद्योग विकासका लागि विशेष कार्यक्रम ल्याउने, निजी क्षेत्र विकास अनुसन्धान केन्द्रको स्थापना लगायत विभिन्न १५ वटा घोषणापत्र सार्वजनिक गरेका छन् ।
प्रधान समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ रहेका छन् । उनको टीममा जिल्ला तथा नगरबाट कल्याण जोशी, खुसनारायण सैंजु, गजेन्द्र भगत, दिपेन्द्र क्षेत्री, पशुपति खड्का, मनिषलाल प्रधान, मनोज मुन्दरा, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, लोकविक्रम थापा, सन्तोष खतिवडा र सुदर्शन कार्की रहेका छन् ।
यसैगरी बस्तुगततर्फबाट उपाध्यक्षमा शंकर पाण्डे रहेका छन् । बस्तुगत सदस्यहरुमा सन्तोष श्रेष्ठ, शैलेन्द्र गुरागाई, अशोक शर्मा, गोन्विद घिमिरे, डा.तिलचन्द्र विष्ट, दिपकबहादुर कार्की, नरेशलाल श्रेष्ठ, प्रकाश कार्की, सकुन्तलाल हिराचन, चण्डीप्रसाद अर्याल, मधुशुदन आचार्य, रितेश लामिछाने, शिवप्रसाद घिमिरे र हंशराज वाग्ले रहेका छन् । प्रधान समुहबाट बस्तुगततर्फ १४ वटै सदस्यको उम्मेदवारी घोषणा गरेको छ ।
तर, प्रधान समुहले एशोसिएट्सतर्फबाट उपाध्यक्ष लगाएत कुनै पनि पदमा उम्मेदवारी दिएको छैन । प्रधान समुहले भोली महासंघका उम्मेदवारी दर्ता गराउने भएको छ ।