वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले आफ्नो प्यानल सहित विहान महासंघ कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा उमेश श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका हुन् । एशोसिएट्सतर्फबाट उम्मेदवारी घोषणा गरेको शौरभ ज्योतिले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएसँगै ढकाल निर्विराध उपाध्यक्ष भएका छन् ।
गोल्छाको प्यानलबाट जिल्ला तथा नगर र बस्तुगतमा सिट संख्या बरावरको उम्मेदवारी दर्ता गराएका छन् । तर, एशोसिएट्मा एउटै मात्र प्यानल भएको र आकाक्षी बढी भएकाले सटी संख्याभन्दा बढीले उम्मेदवारी दिएका छन् । एशोसिएट्स सदस्यको कुल १९ सिटको लागि दोब्बरको उम्मेदवारी पर्ने महासंघले जानकारी दिएको छ ।
गोल्छा प्यानलमा बस्तुतगबाट १३ जना सदस्यले नै उम्मेदवारी दिएका छन् । एक जना सदस्याको लागि छलफल भइरहेको र तत्कालका लागि १३ सदस्य पदको लागि उम्मेदवारी दिर्ता गराएको छ वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । सदस्यहरुमा हेमराज ढकाल, अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकास अधिकारी, खेमराज पन्त, हेमरत्न शाक्य, विनोद ढकाल, र लोकनाथ गैरेले उम्मेदवारी दिएका छन् ।