काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि आजबाट उम्मेदवारी शुरु भएको छ । यही चैत २० र २९ गते हुने महासंघको साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता शुरु भएको हो ।
महासंघ निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय आइतबार र सोमबार रहेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले अहिले आफ्नो प्यानलसहित उम्मेदवार दिँदैछन् । उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा उमेश श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिदैछन् । यति वेला उनको टीम महासंघमा पुगिसकेका छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले भने भोली उम्मेदवारी गर्दा गराउने भएका छन् । आज एक कार्यक्रमबीच आफ्नो प्यानल घोषणा गर्न लागेका प्रधानले सोमबार प्यानलसहित उम्मेदवारी दर्ता गराउने भएका छन् ।
प्रधानको टीममा जिल्ला तथा नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ रहेका छन् भने बस्तुगत उपाध्यक्षमा शंकर पाण्डे रहेका छन् । तर अहिलेसम्म उनको समुहमा एशोसिएट्सतर्फबाट उपाध्यक्षको उम्मेदवार रहेको छ ।
निर्वाचनमा बस्तुगत र जिल्ला नगरमा दुवै सहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएपनि एशोसिएट्समा भने एउटै प्यान हुने बुझिएको छ । एशोसिएट्को १९ सदस्य पदका लागि झाण्डै ३५ जना आकाक्षी देखिएपनि हालसम्म प्यानल नभएकाले एउटै समुहबाट उम्मेदवारी दर्ता गर्ने बुझिएको छ ।