Logo

डिजीटल केवलसेवा शुरु गदै सिमटिभी, साढे ३ अर्बको निशुल्क उपकरण बाड्दै

डिजीटल केवलसेवा शुरु गदै सिमटिभी, साढे ३ अर्बको निशुल्क उपकरण बाड्दै


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

३ माघ, काठमाडौं । सिमटिभीले डिजीटल केवलसेवा शुरु गर्ने भएको छ । कम्पनीले बेलायतको भर्जिन आइल्याण्ड कम्पनीसँगको सहकार्यमा उक्त सेवा शुरु गर्न लागेको हो । साथै, चालु आर्थिक वर्षभित्र ८ लाख सेटअप बक्स र निशुल्क अप्टिकल फाइबर वितरण गरिने कम्पनीले बताएको छ ।

बिशेषगरी काठमाडौं, मेची, कोसी, मध्यपश्चिम र सुदूरपश्चिमा आफ्ना सेवालाई विस्तार गर्न लागिएको कम्पनीका प्रवन्ध निर्देशक रमेश एमके पौडेलले बताए । ‘हामीले ती क्षेत्रमा झण्डै साढे ३ अर्व रुपैयाँबराबरको सेटअप बक्स वितरण गर्न लागेका छौं,’ उनले भने ‘उक्त सेटअप बक्सको मूल्य ४ हजार देखि ६ हजार रुपैयाँसम्म पर्नेछ ।’

कम्पनीले हाइ डिफिनेशन (एचडी) र स्टयाण्र्डड डिफिनेशन (एसडी) सेटअप बक्स बितरण गर्न लागेको हो । स्टयाण्र्डड बक्सको मुल्य ४ हजार र एचडीको मुल्य ६ हजार रुपैयाँ पर्ने छ । ‘हामीले दुवै खालका बक्स निशुल्क वितरण गर्नेछौं,’ उनले भने, ‘विभिन्न प्याकेजका साथ ल्याइएको सो योजना एउटै घरका ४ वटा टिभीमा प्रायोग गर्दा मासिक छुट समेत दिनेछौं ।’

यही जनवरीको अन्मितबाट सेटअप बक्स निशुल्क वितरण गरिने कम्पनीले जानकरी दिएको छ । विशेषगरी, केलव नेटर्वक नपुगेका ठाउँमा अप्टिकल फाइबर विछ्याउने तथा निशुल्क रुपमा सेटअप बक्स वितरण गरिने पौडेलले जानकारी दिए । उक्त सेट विरणसँगै आफ्नो सेवा शुरु हुने कम्पनीले बताएको छ ।

sim tv 2

ब्रिटिस भर्जिन आइल्याण्ड कम्पनीसँगको साझेदारीमा उक्त सेवा कार्यान्वयनमा ल्याएको पौडेलले बताए । ‘उक्त कम्पनीले विश्वका ४८ वटा देशमा सेटअप बक्स बिक्री गर्दै आइरहेको छ,’ उनले भने, ‘त्यस्ता लगानीकर्ता यहाँ आउनु नेपालकै लागि राम्रो ।’

आइल्याण्ड कम्पनीले २२ वर्षपछि मात्रै प्रतिफल खोजेको हुँदा अप्टिकल फाइबर र सेटअप बक्स पनि निशुल्क दिएको उनले जानकारी दिए । ‘जुन ठाउमा केवल पुगेको छैन त्यो ठाउँमा अप्टिकल फाइबर विछ्याउँछौं,’ उनले भने, ‘यसका लागि तार पनि ल्याइसकेका छौं ।’ उक्त सेटअप बक्स यूरोपियन स्टयाण्र्डड हुने भएकाले कृप्टोगार्डले सस्काइवरलाई कन्ट्रोल गर्नेर्छ । साथै, सिमटिभीको लोकल पाटनर बन्नेलाई अप्टिकल फाइबर ओछ्याउन तार तथा खर्च समेत दिइने कम्पनीले बताएको छ ।

कम्पनीले केवललाई डिजिटलाइज्ड गर्नका लागि सरकारसँग लाइसेन्स समेत लिएको छ । लाइसेन्स लिनका लागि मात्र १ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

कम्पनीले दिने ६० वटा वेसिक च्यानलको लागि मासिक २ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । हालको बजारमुल्य अनुसार यो सेवा एकदमै सस्तो रहेको कम्पनीले बताएको छ । एचडी च्यानलका लागि भने थपेको आधारमा मूल्य बढ्दै जानेछ । हाल भइरहेको केवल एनालक प्रविधिलाई विस्तापित गर्ने उद्देश्य अनुरुप सिमटिभीले डिजिटल बनाउन लागेको हो । त्यसका लागि पूर्वमा इटहरी, पश्चिममा दाङ, र मध्यमा काठमाडौंमा हव स्टेशन समेत निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सुचना तथा संचार मन्त्रालयबाट सफल परीक्षणको सर्टिफिकेट समेत पाइसकेको छ । हाल कम्पनीले तीन ठाउँमा परीक्षण समेत गरिररहेको छ ।

यो एउटा मल्टीपल सर्भिस अपरेटर (एमएसओ) भएको र सिमटिभी एमएसओ कम्पनीको रुपमा स्थापना हुन लागेको पौडेलले जानकारी दिए । यसले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयु) को निर्देशन अनुसार नेपाललाई डिजिटलाइजेशन गर्न समेत सहयोग पुग्ने छ ।

डिजीटल प्रविधि कार्यान्वयनमा आएसँगै एनालक प्रविधिबाट भइरहेको राजस्व चुहावट समेत रोकिने पौडेल बताउँछन् । डिजीटल प्रविधिमा जाँदा कन्ट्रोल एक्सेस सिष्टम (क्यास)बाट सम्पूर्ण ग्राहकको तथ्यांक राख्न सकिने हुँदा राजस्व चुहावट पूरै घटेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL