Logo

हट्दैछ उद्योग दर्ताको झण्झट, दुई महिनामा डिजिटेल सिग्नेचर प्रयोगमा

हट्दैछ उद्योग दर्ताको झण्झट, दुई महिनामा डिजिटेल सिग्नेचर प्रयोगमा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । उद्योग विभागले विभागले कम्पनी दर्ता तथा भिषा आवेदनमा डिजिटल सिग्नेचर(विद्युतीय हस्ताक्षर) प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

अनलाइन दर्ताको प्रमाणिकरणका लागि विभागले विद्युती हस्ताक्षर आवश्यक रहेको भन्दै सफ्टवेयर खरिद गर्ने तयारी गरेको छ । आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित विभागले सफ्टवेयर खरिदका लागि अर्थ मन्त्रालयसँग ३५ लाख बजेटसहितको पत्राचार गरेको प्रवक्ता दुर्गा भुषालले जानकारी दिए ।

मन्त्रालयले बजेट उपलब्ध गराउनासाथ खरिद प्रक्रिया अघि बढाउने योजनामा विभाग रहेको छ । नेपालस्थित कम्पनीले विदेशमा रहेको मुख्य कम्पनीमार्फत खरिद गरेको सफ्टवेयर विभागले खरिद गर्नेछ ।
डिजिटल सिग्नेचरका लागि छुट्टै सर्भर राख्नुपर्ने भएकोले यो अलि खर्चिलो मानिन्छ ।

विभागमा हुने काम कारवाहीलाई सुरक्षित, पारदर्शी र सहज बनाउने उद्देश्यसहित डिजिटल सिग्नेचर प्रयोगमा ल्याउन लागिएको प्रवक्ता भुषालले जानकारी दिए । ‘उद्योगको अनलाइल दर्तामा प्रमाणिकरणका लागि यो आवश्यक भएकोले प्रयोगमा ल्याउन लागेका हौं’ उनले भने ।

डिजिटल सिग्नेचर साइबर सुरक्षाको एउटा पक्ष हो । डिजिटल सिग्नेचरको प्रयोगले इन्टरनेट वा अनलाइन मार्फत डाटा पठाउँदा चोरी हुने सम्भावना रहदैन ।

यसमा विशेषगरी पठाउने र पाउनेबीच सहकार्य हुनु आवश्यक छ । विभागले हालै अनलाइन दर्तामा कम्पनी रजिष्ट्रारसँग सहकार्य गरेको छ । सेवाग्राहीलाई उद्योग विभागमा पेस गरेको प्रमाण तथा कागजपत्र कम्पनी रजिष्ट्रारमा पनि पेस गर्नुपर्ने दोहोरो बाध्यता हटाउन नयाँ व्यवस्था लागु भएको हो ।

हाल विभागमा पेस गरेको काजगपत्र सेवाग्राहीले पुनः कम्पनी रजिष्ट्रारमा बुझाउनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्