Logo

बलिउडमा कर घोषणाको प्रतिस्पर्धा, ‘दबङ ब्वाए ’ सलमान सबैभन्दा बढी कर तिर्ने अभिनेता

बलिउडमा कर घोषणाको प्रतिस्पर्धा, ‘दबङ ब्वाए ’ सलमान सबैभन्दा बढी कर तिर्ने अभिनेता


बिजखबर संवाददाता
0
Shares

भारतीय अभिनेता सलमान खानले फेरी बलिउडको सुल्तानका रुपमा आफुलाई प्रमाणित गरेका छन् । सलमानले सवैभन्दा बढी एडभान्स ट्याक्स(अग्रिम कर) तिरेर सो प्रमाणित गरेका हुन् । उनले अभिनेता अक्षयकुमार र ऋतिक रोसनलाई पछि पार्दै आर्थिक बर्ष २०१६ /१७ मा बढी कर तिर्ने व्यक्ति बनेका हुन् ।

त्यसो त भारतीय इनकम ट्याक्स डिपार्टमेन्टलाई हास्यकलाकार कपिल शर्माले चकित पारेका छन् । जसले १ बर्षमा २०६ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन् ।
अग्रिंम कर भन्नाले आफ्नो बार्षिक तिर्नुपर्ने कर बर्षको शुरुमै बुझाउनु हो । सलमान खानले  आर्थिक बर्ष२०१६ /१७ मा  ४४ करोड ५ लाख भारु बुझाएका छन् । उनले गत बर्ष ३२ करोड  २ लाख  कर बुझाएका थिए ।

त्यस्तै बलिउडका ‘खेलाडी’ अक्षयकुमारले २०१६ /१७  को २९ करोड ५ लाख कर बुझाएका छन् । उनले गत आवमा ३० करोड अग्रिम कर बुझाएका थिए । तेस्रो स्थानमा रहेका ऋतिक रोसनले २५ करोड ५ लाख   कर बुझाएका छन् ।

त्यस्तै कपिल शर्माले यस बर्ष २३ करोड ९ लाख अग्रिम कर बुझाएका छन् ।

यस बर्ष रणविर कपुरले १६ करोड ५ लाख , आमिर खान १४ करोड ८ लाख, करण जोहरर ले ४ करोड अग्रिम कर तिरेका छन् ।

नियमित तलबबाहेक भारतमा व्यापार, अभियनयलगायतका आम्दानीका स्रोत भएका व्यक्ती वा संस्थाले अगृम कर बुझाउनुपर्छ । बार्षिक १० हजार भारु भन्दा बढी कर तिर्नुपर्ने अवस्थामा सो बर्ष हुने आम्दानिको सालाखाला हिसाब गरेर अग्रिम कर तिर्नु पर्ने व्यवस्था भारतमा छ ।

प्रतिक्रिया दिनुहोस्