विश्वकै धनी व्यक्तिहरुको सुची तयार गर्ने प्रसिद्ध म्यागेजिन फोब्र्सले नेपालका विनोद चौधरीलाई १५६७ औं धनी व्यक्तिको सुचीमा राखेको छ ।
एक अर्ब ३० डलर सम्पत्ति सहित चौधरी नेपालका एक मात्र अर्बपति रहेको फोब्र्सले उल्लेख गरेको छ । चौधरी यसअघि पनि फोब्र्सको अर्बपतिको सुचीमा पर्न सफल भएका थिए ।
फोब्र्सले चौधरीलाई सीजी ग्रुपको मालिक तथा नबिल बैङ्कको बहुमत हिस्सेदारका रुपमा चिनाएको छ । त्यस्तै इलेक्ट्रोनिक्स, बियर, होटल र खाद्यान्नमा पनि चौधरीको लगानी रहेको फोब्र्सले उल्लेख गरेको छ ।
चौधरी ग्रुपले प्रसिद्ध वाइवाइ चाउचाउ उत्पादन गर्नेदेखि भारत, सर्बिया, साउदी अरेबीया, बङ्गलादेशमा पनि लगानी विस्तार गरेको फोब्र्सले जनाएको छ ।
त्यस्तै चौधरी गु्रपले २९ ओटा होटल, ७० होटलको व्यवस्थापन र भारतको ताज होटलको चेन समेत सञ्चालन गरिरहेको फोब्र्सले उल्लेख गरेको छ ।
चौधरीको बुवाले नेपालमा पहिलो पटक डिपार्टमेण्ट स्टोर सञ्चालनमा ल्याएको र १८ बर्षदेखि नै विनोद चौधरी व्यवसायमा आएको पनि फोब्र्सले उनको परिचयमा थप गरेको छ ।
फोब्र्सले सार्वजनिक गरेको यस बर्षको विश्वकै सबैभन्दा धेरै धनी व्यक्तिको सुचीमा यो बर्षपनि माइक्रोसफ्टका मालिका बिल गेट्स पहिलो स्थानमा रहेका छन् । ८६ अर्ब डलर खुद सम्पत्ति गेट्सको रहेको फोब्र्सले जनाएको छ ।
फोब्र्सका अनुसार विश्वका दश धनी व्यक्तिको नाम र सम्पत्ति यस प्रकार छ ः
नाम खुद सम्पत्ति(डलरमा) कम्पनी देश
१)बिल गेट्स ८६ अर्ब माइक्रोसफ्ट संरा अमेरिका
२)वारेन बफेट ७५.६ अर्ब बर्कसायर ह्याथवे संरा अमेरिका
३)जेफ बेजोस ७२.८ अर्ब अमेजन डटकम संरा अमेरिका
४)एमान्सियो ओर्टेगा ७१.३ अर्ब जारा स्पेन
५)मार्क जुकरबर्ग ५६ अर्ब फेसबुक संरा अमेरिका
६)कार्लोस स्लिम हेलु ५४.५ अर्ब टेलिकम मेक्सिको
७)ल्यारी एलिसन ५२.२ अर्ब सफ्टवेयर संरा अमेरिका
८)चाल्र्स कोच ४८.३ अर्ब विभिन्न संरा अमेरिका
९)डेभिड कोच ४८.३ अर्ब विभिन्न संरा अमेरिका
१०) माइकल ब्लुमबर्ग ४७.५ अर्ब ब्लुमबर्ग एलबी संरा अमेरिका