Logo

राजदुतावास मार्फत रणनीतिक साझेदारको खोजी, पाँच देशका एयरलाइन्सलाई पत्राचार

राजदुतावास मार्फत रणनीतिक साझेदारको खोजी, पाँच देशका एयरलाइन्सलाई पत्राचार


रक्षा रेग्मी
27
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा साझेदार भित्र्याउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विभिन्न पाँच ओटा देशका उत्कृष्ट एयरलाइन्स कम्पनीलाई पत्राचार गरैको छ ।

मन्त्रालयले अमेरिका, अष्ट्रेलिया, जर्मन, फ्रान्स र बेलायतमा सम्बन्धित देशको राजदुतावासमार्फत प्रस्ताव आवह्वानसहित पत्राचार गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘पाँच मुलुकमा त्यहाँका उत्कृष्ट एयरलाइन्स कम्पनीलाई रणनितीक साझेदारीका लागि आवेदन पेस गर्न पत्राचार गरेका छौं ’ उनले भने ।
मन्त्रालयको प्रस्ताव अनुसार ती देशका उत्कृष्ट तथा इच्छुक कम्पनीले रणनितीक साझेदारीका लागि प्रस्ताव पेश गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयले पत्राचार गरेको ४५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्नै समयसिमा तोकिएको छ ।

प्रस्ताव आह्वान पछि प्राप्त हुने आवेदन अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, र निगमका विज्ञ सम्मिलित टोलीले टुंगो लगाउनेछ ।

लामिछानेका अनुसार रणनितीक साझेदारका लागि प्रस्ताव गर्ने कम्पनीको व्यवस्थापन क्षमता, सञ्चालन तथा प्राविधिक पक्षलगायतको मूल्यांङ्कन गरि उत्कृष्ट कम्पनीको छनौट गरिनेछ । मन्त्रालयले अर्थ मन्त्रालयको रायसहित प्रस्तावको मस्यौदा तयार गरेको थियो ।

व्यवस्थापिका संसद अन्तर्गतको लेखासमितीको आइतबारको बैठकले निगममा तीन महिनाभित्र रणनीतिक साझेदार भित्र्याउन निर्देशन दिएको थियो । साझेदारको मोडालिटी लामो समयसम्म टुंगो नलागेको भन्दै समतिलिे यस्ते निर्देशन दिएको थियो ।

लामिछानेकै संयोजकत्वमा गठित समितिले यसको मोडालिटिको अध्ययन गरी आइतबार नै निवेदन पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई बुझाएको थियो । सोहि प्रतिवेदन अनुसार मन्त्रालयले प्रस्तावको मस्यौदा तयार गरिएको हो ।

नेपाल वायु सेवा निगमलाई प्रतिस्पर्धी बनाउन र उचित व्यवस्थापनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि सारिएको हो ।

तस्वीर रोयल माउण्टेन 

प्रतिक्रिया दिनुहोस्